विश्वकप क्रिकेट लिग–२ को श्रृंखला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै

कार्तिक १५, २०८२ मा प्रकाशित
Published at कार्तिक १५, २०८२

39 views

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे शुरू हुनेछ । यूएईमा नेपाल, घरेलु टोली र अमेरिकाबीच लिग–२ अन्तर्गतको श्रृंखला चलिरहेको छ । यो शृङ्खलाको पहिलो खेलमा गएको आइतबार नेपाल अमेरिकासँग १ सय ६ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

त्यस्तै अस्ति बिहीवार घरेलु टोली यूएईसँग भएको खेलमा पनि नेपाल ५ विकेटले पराजित भयो । नेपालले यूएईमा भैरहेको श्रृंखलाको अन्तिम खेल आउँदो बुधबार घरेलु टोलीसँग खेल्नेछ । त्यसपछि टोली स्वदेश फर्कनेछ ।

लिग–२ मा १८ खेल खेल्दा १२ अंक मात्र जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ । शीर्ष स्थानमा रहेको अमेरिकाको २२ खेलमा ३२ अंक छ भने यूएई १८ खेलमा ८ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.