‘मोन्था’ चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार

कार्तिक १५, २०८२ मा प्रकाशित | 148 views


काठमाडौँ । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव घट्न थालेपछि मौसममा क्रमिक सुधार भएको छ । पश्चिमी वायू, अरब सागरमा विकसित प्रणाली र मोन्था चक्रवातको समेत प्रभावले केही दिनयता वर्षा र हिमपात भैरहेकोमा गएरातिदेखि क्रमिक सुधार हुन थालेको हो ।

हिजो पूर्वी भेगका केही ठाउँमा ठूलो वर्षा भए पनि गएराति सामान्य वर्षा मात्रै भएको छ । राति पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ । आज कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

आज र भोलि केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहे पनि हिजो, अस्तिजस्तो लगातार झरी र ठूलो वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web