
नुवाकोट । महाकवी लक्ष्मीप्रसाद देवकोटाको सालीक अनावरण तथा ११७ औं जन्मजयन्ती एवं देवकोटा र झिल्टुङ विषयक बिद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
‘महाकवी देवकोटा र झिल्टुङ´ बिषयक वक्तृत्वकला प्रतियोगितामाश्री गौलिङ्गेश्वर मा बि का छात्र सम्राट तामाङ प्रथम,पन्चासे मावी कि छात्रा जमुना पौडेल दित्तिय मालिका मावी कि छात्रा सन्जिता तामाङ तृतीय हुनु भएको छ ।
कार्यक्रममा मुर्तिकार दिनेस्वर महतो र हरीराम अधिकारी, कविता ढुगांना, अनन्त नेपाल, मोहन नेपाल र द्वारिका नेपाललाई सम्मान पत्र प्रदानका साथ सम्मान गरिएको छ ।
त्यस्तै, बेलकोटगढीबाट आएको पद यात्रीहरुले कविता वाचन र माझगाउँ, डिहिचौर, झिल्केश्वर स्थान कुन्जिनी पार्क, लामाचौर हुदैँ देविघाट पुगेर पदयात्रा समापन भएको छ ।
महाकवि देवकोटा साहित्य प्रतिष्ठान, झिल्टुङ नुवाकोट आयोजना र संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिष्ठान सचिव नारायण नेपालका अनुसार झिल्टुङलाई ग्रामीण साहित्य पर्यटनको केन्द्र बनाउने अभियान लामो समयदेखि चलेको छ ।त्यही अभियान अन्तरगत यो कार्यक्रम संचालन भएको छ ।
महाकवी देवकोटाले पहाडी जीवन र कुन्जिनी खण्ड काब्य झिल्टुङमा बसेर सिर्जना गर्नुभएको थियो ।
23.12C