रास्वपाबाट बाहिरिए वरिष्ठ अधिवक्ता घिमिरे

कार्तिक १, २०८२ मा प्रकाशित
Published at कार्तिक १, २०८२

37 views

काठमाडौँ । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आफ्नो आबद्धता तोडेका छन् । पार्टीका कार्यवाहक महामन्त्रीलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत वरिष्ठ अधिवक्ता घिमिरेले शुक्रबारदेखि आफू पार्टीमा नरहने जानकारी गराएका हुन् ।

उनले केही वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कानुन विभाग लगायत अन्य विभागहरूमा कानुन, नीति, नियमावली र पार्टीको विधान मस्यौदा कार्यदलमा रहेर योगदान गर्दै आएका थिए ।

घिमिरेले खासगरी प्रवासी नेपाली र गैरआवासीय नेपालीसँग सम्बन्धित विद्यमान कानुनको गहन पुनरावलोकन गरी उनीहरूका समस्या समाधान गर्ने कानुनी मस्यौदा तयार पारेका थिए ।

गैरआवासीय नेपालीलाई नेपालको विकास निर्माणसँग जोड्ने कानुनी बाटो बलियो बनाउन नागरिकता, लगानी लगायतका कानुनमा संशोधन गर्नु पर्ने सुझाव उनले तयार गरेका थिए । साथै, संविधान र कानुनको संशोधनको पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अगुवाइ गर्नुपर्ने कुरा उनले उठाउँदै आएका थिए ।

रवि लामिछानेको सहकारी मुद्दामा कास्की जिल्ला अदालतमा कानुन विज्ञको भूमिका निर्वाह गरे पनि अन्य अदालतमा रवि लामिछानेविरुद्ध दायर गरिएका मुद्दाहरूमा भने संलग्न थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.