एसिया कपको उपाधि भारतलाई

अशोज १३, २०८२ मा प्रकाशित
Published at अशोज १३, २०८२

42 views

काठमाडौँ । एसिया कप क्रिकेट २०२५ को उपाधि भारतले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले नवौंपटक उपाधि जितेको हो । यस्तै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय ४७ रनको लक्ष्य भारतले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्यो । अन्तिम ओभरमा १० रन आवश्यक रहँदा तिलकले एक चौका र ३ रन तथा रिंकु सिंहले एक चौका प्रहार गरे । भारतका लागि तिलक बर्माले ६९ रन बनाए । पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै एक सय ४६ रन बनाएको थियो । पाकिस्तानका सहिबजादा फरहानले ५७ रन बनाए । बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.