शिखर इन्स्योरेन्सद्वारा ५० हजारको चेक हस्तान्तरण

भदौ २२, २०८२ मा प्रकाशित | 264 views


नुवाकोट । शिखर इन्स्योरेन्स कम्पनी नुवाकोट शाखाले सदरमुकाम विदुरमा रहेको सामुदायिक पार्कमा ट्रस्ट निर्माणार्थ आर्थिक सहयोग गरेको छ।

आज शनिबार कम्पनीद्वारा विदुरमा आयोजित वित्तिय सचेतना कार्यक्रममा कम्पनीका शाखा प्रबन्धक सुरेन्द्र राईले पार्कका अध्यक्ष सुमन श्रेष्ठलाई रु. ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमा कम्पनीका शाखा प्रबन्धक राईले कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वस्थ्य रहनको लागि गरिने व्यायम गर्न पार्कमा आउनेहरुको सहजताको लागि कम्पनीले आर्थिक सहयोग गरेको बताए ।

कार्यक्रममा विदुर सिटी युथ क्लबका अध्यक्ष सुनील श्रेष्ठ, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव राजेन्द्र पाण्डे, लक्ष्मीनारायण मन्दिर संरक्षण समितिका सचिव नवराज पाण्डे, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष बसन्त रिजाल, वित्तिय विज्ञ दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रबन्धक राईले बीमा सम्बन्धि सहभागीहरु उठेका गुनासोलाई सम्बोन्धन गरेका थिए । उनले जीवन र निर्जिवन बीमा सम्बन्धी जानकारी गराएका थिए ।

विदुर नगरपालिकाका १३ वटै वडाका सामुदायिक विद्यालयका विद्यार्थीहरु, खानेपानी कार्यसमितिका सदस्यहरु, कर्मचारीहरुललायतको बीमा गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web