विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बालिकाको निधन, तीनजना घाइते

भदौ १८, २०८२ मा प्रकाशित | 228 views


नुवाकोट । तादी गाँउपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउदा नुवाकोटमा एकजना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीनजना विद्यार्थी घाइते भएका छन् ।

विद्यालय छुट्टी पश्चात आज अपरान्ह चारबजे घर फर्कने क्रममा चिलाउने खोलाले बगाउदा बालकक्षामा अध्ययनरत स्थानीय रामबहादुर तामाङको चार वर्षीयाँ छोरी शशीकला तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार खोलाको कल्भर्ट पार गर्न हात समाएर चारजना विद्यार्थी (बच्चा)हरु तर्ने क्रममा शशीकलालाई खोलाले बगाउदाँ घटनास्थलमा नै मृत्यु भएको हो ।

खोलाले बगाएर उनलाई करीब एकसय मिटर तल पु-याएको तादी–२ का अध्यक्ष बच्चुराम तामाङले जानकारी दिनुभयो ।

उनीसगैँ खोला तर्ने क्रममा बाढीले बगाएका अन्य दुईजना बालिका र एकजना बालक खोलाको किनारतर्फ पुगेकाले घाइते भएका छन् ।

घाइते हुनेमा जोयस तामाङ, ज्योती तामाङ र सुस्मा तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको अहिले खरानीटार अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web