पञ्चकन्यामा बृहत्त आँखा शिविर सुरु, अध्यक्ष तामाङबाट उद्घाटन

भदौ १८, २०८२ मा प्रकाशित | 869 views


नुवाकोट । पञ्चकन्या गाँउपालिकाको विभिन्न चार ठाँउमा सञ्चालन गर्न लागिएको बृहत्त आँखा शिविर सञ्चालनमा आएको छ ।
पञ्चकन्या गाँउपालिका-३ स्थित नेपाल रेडक्रस सोसाइटी पञ्चकन्या उपशाखाको कार्यालय लाकुरीभञ्याङ्गमा आयोजित शिविरको पहिलो दिन बुधबार गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले आफ्नो आँखा जाँच गराई शिविरको उद्घाटन गर्नुभयो ।

पञ्चकन्याको चार स्थानमा सञ्चालन हुने बृहत् आँखा शिविरको उद्घाटन गर्दै अध्यक्ष रमेश तामाङले भन्नुभयो “गाउँपालिकाले सबै नागरिकलाई स्वास्थ्य सेवा नजिक पु¥याउन आँखा शिविरलाई प्राथमिकता दिएको हो । दृष्टि सम्बन्धी समस्या भएका नागरिकलाई घरदैलोमै सेवा दिन यो कार्यक्रम प्रभावकारी हुने विश्वास लिएको छु ।”

आजदेखि सुरु भएको शिविर पञ्चकन्याको विभिन्न चार स्थानमा सञ्चालन हुने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सदस्य ज्ञानेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँको अनुसार आज रेडक्रस पञ्चकन्या उपशाखाको कार्यालय लाकुरी भञ्ज्याङ्गमा चल्नेछ भने भदौ १९ गत पञ्चकन्या–४ थप्रेक स्वास्थ्य चौकीमा, भदौ २० गते पञ्चकन्या-५ बुढीशेरामा र भदौ २१ गते पञ्चकन्या–२ को वडा कार्यालय, मिश्रगाउँमा सञ्चालन हुने छ ।

निःशुल्क रुपमा सञ्चालनमा आएको शिविरमा विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक मेसिनबाट निःशुल्क आँखा जाँच, निःशुल्क औषधि वितरण, सुपथ मूल्यमा चस्मा वितरणको सेवा उपलब्ध रहेको छ भने मोतियाविन्दु पहिचान भएका बिरामीहरुलाई शल्यक्रियाको लागी सिफारिस गरिने भएको छ । शल्यक्रिया सेवा पनि सहुलियत शुल्कमा सामुदायिक आँखा केन्द्र सर्जिकल भवन विदुरमा यही भदौ ३० र ३१ गते गर्न प्रबन्ध मिलाइएको छ ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौ, जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोट, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोट सयुक्त आयोजना तथा स्थानीय पालिका, वडा कार्यालयहरु, रेडक्रसको उपशाखा सहित विभिन्न स्वास्थ्यचौकी, विद्यालय लगायतसंगको समन्वय एंव सहजिकरणमा नुवाकोटको पञ्चकन्याको चार स्थान सहित जिल्लाको विभिन्न आठ स्थानमा शिविर सञ्चालन हुने जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिनुभयो ।

शिविर सञ्चालन हुने सम्बन्धि सूचना निम्न अनुसार रहेको छ :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web