यू–१७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले भूटानलाई हरायो

भदौ ७, २०८२ मा प्रकाशित
Published at भदौ ७, २०८२

304 views

काठमाडौँ । साफ १७ वर्षमूनीको महिला च्याम्पियनसिपमा नेपालले भूटानलाई २–१ गोलले हराएको छ । भूटानको थिम्पुमा हिजो भएको खेलमा भुटानले पहिलो हाफमा अग्रता बनाए पनि नेपालले दोस्रो हाफमा दुई गोल गर्‍याे ।

घरेलु टोलीले खेलको ४२औं मिनेटमा गोल गरेको थियो । त्यसपछि नेपालले खेलको ५८औं मिनेटमा बराबरी गोल र ७६औँ मिनेटमा थप गोल गर्‍यो । नेपालका लागि दुवै गोल साहारा लिम्बुले गरिन् ।

दोस्रो खेलमा नेपालको यो पहिलो जीत हो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७–० गालले हारेको थियो । अब नेपालले भोलि आइतवार बङ्गलादेशसँग खेल्नेछ । यो प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.