विद्युत चोरी नियन्त्रण गर्न युवाको अग्रसरता

साउन २३, २०७३ मा प्रकाशित | 679 views

२३ साउन, वीरगञ्ज ।
पर्सामा विद्युत चोरी नियन्त्रण गर्न युवाहरुले अग्रसरता देखाएका छन् । विद्युत चोरी विरुद्ध आजबाट अभियान संचालन गर्दै पर्साको निचुटा गाविसमा अनधिकृत रुपमा विद्युत चोरी गर्नेहरुको हुक नियन्त्रणमा लिनेकाम शुरु गरिएको छ ।

निचुटा गाविसका स्थानिय दिपक चौधरी, विरेन्द्र मुखिया, रामराज महतो, राजकुमार साह, विनेसर पंजियार, चोकट मिया लगायतका युवाहरुले आज अपरान्ह गाउंमा अनधिकृत रुपमा विद्युत चोरी गर्न लगाईएको डेढ सय भन्दा बढी हुकहरु नियन्त्रणमा लिई जलाईएका छन् ।

गाउंमा विद्युत चोरी गर्ने क्रम बढेपछि जति खेर पनि लाईन कटने, टिभी, पंखा, लगायतका इलेक्ट्रोनिक सामान विग्रिएको कारण गाउंबासीलाई नै सचेत तुल्याउन यस्तो अभियान संचालन गरिएको स्थानिय युवा राज कुमार साहले बताउनु भयो ।

स्थानिय युवाहरुले गाउंमा भएको विद्युत चोरी नियन्त्रण गरेपछि आफ्नो गाउंमा अनियन्त्रित रुपमा विद्युत वितरण केन्द्र पोखरीयाले लोड सेडिङ्ग बाहेकको समयमा नियमित रुपमा विद्युत आपूर्ति गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web