परिवर्तन झण्डा होइन, चरित्रमा हुनुपर्छ : आभाष पुडासैनी

साउन २६, २०८२ मा प्रकाशित
Published at साउन २६, २०८२

854 views

आजको आवश्यकता युवा पुस्तासँग प्राविधिक ज्ञान र नयाँ सोच हो। तर यसको अर्थ कुनै दल, चाहे त्यो नया होस् वा पुराना, पूर्ण विकल्प हो भन्ने होइन। एउटा दलमा हुँदा जसको चरित्र र व्यवहार गलत थियो, ऊ फरक दलमा गएर बिचार परिवर्तन गर्दैमा अचानक भगवान् समान शुद्ध र असल बन्न सक्दैन। त्यसैले परिवर्तन आवश्यक छ, तर परिवर्तन केवल पार्टीको नाम फेर्ने मात्र नभई सोच, व्यवहार र नेतृत्वको शैलीमा हुनुपर्छ।

आजको आवश्यकता युवा पुस्तामा प्राविधिक ज्ञान, आधुनिक सोच र समयसापेक्ष दृष्टिकोण हो। विश्व तिव्र गतिमा अगाडि बढिरहेको छ, त्यसैले नयाँ पुस्ताले परिवर्तनको बाटो सम्हाल्न सक्ने क्षमता राख्नुपर्छ। तर यस अर्थमा कुनै एक दललाई मात्र विकल्प ठान्नु, वा एकै दिनमा सबै समस्याको समाधान गर्ने चाबी ठान्नु, गम्भीर भूल हुनेछ।

🗣 परिवर्तनको नाममा केवल दल होइन, सोच बदलौं!
🔹 केवल पार्टी फेरेर मानिस असल हुँदैन ।
🔹 झण्डा होइन, चरित्र बदल्नु आवश्यक ।
🔹 युवाको नेतृत्वमा प्राविधिक ज्ञान र आधुनिक सोच अपरिहार्य ।
🔹 देशलाई चाहिएको छ नैतिकता, दृष्टिकोण र समर्पण ।
🛑 जसले गलत काम गर्‍यो, ऊ दल फेरेर असल बन्ने छैन ।
✅ परिवर्तन नेतृत्वको सोचमा देखिनुपर्छ, व्यवहारमा देखिनुपर्छ ।
📣 सोच बदलौं, नेतृत्व बदलौं —  देश बदलिन्छ ।

पुराना कुनै एक दलमा हुँदा जसको चालचलन गलत थियो, जसको स्वार्थ केन्द्रित सोचले देश र समाजलाई दुबैलाई चोट पुर्‍यायो, ऊ अर्को कुनै अन्य दलमा गएर अचानक भगवान् बराबर हुने कुनै नियम छैन। दलको नाम फेरिएर मात्र चरित्र, निष्ठा र सोच फेरिँदैन। परिवर्तन केवल पार्टीको झण्डा बदल्दा हुँदैन, त्यो त मानिसको सोचमा, उसको काम गर्ने शैलीमा, उसको नैतिकतामा र उसको जनताको लागि गरिएको बलिदानमा देखिनुपर्छ।

त्यसैले आजको आवश्यकता साँचो परिवर्तन हो-जसमा पुरानो सोचको स्थान नयाँ दृष्टिकोणले लिन्छ, भ्रष्टाचारको स्थान इमानदारीले लिन्छ, र खोक्रा भाषणको स्थान व्यवहारिक कामले लिन्छ। परिवर्तन दलको नामभन्दा ठूलो कुरा हो; यो त मान्छेको आत्मा र निष्ठामा बस्ने मूल्य हो । 

✍🏻आभाष पुडासैनी
बेलकोटगढी–३, नुवाकोट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.