
नुवाकोट । विदुर–२ बट्टारस्थित सुभेनियर बोर्डिङ स्कुलका २१० जना विद्यार्थीहरूले सोमबार सामूहिक रूपमा चलचित्र ‘अञ्जिला’ हेरेका छन् । बट्टारको शिवालय सिनेफ्लेक्समा प्रदर्शन भइरहेको चलचित्र हेर्न उनीहरू शिक्षकहरूको साथमा पुगेका थिए।

विद्यालयले विद्यार्थीको मानसिक, सामाजिक र नैतिक विकासका लागि प्रेरणादायी सामग्रीको आवश्यकता महसुस गर्दै चलचित्र अवलोकनको आयोजना गरेको हो। नेपालकी राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्रले संघर्ष, साहस, पारिवारिक माया र लक्ष्यप्रतिको प्रतिबद्धताको सन्देश दिन्छ।

चलचित्र हेरेपछि विद्यार्थीहरूले जीवनमा लक्ष्य राख्नुपर्ने, सङ्घर्षबाट कहिल्यै नहट्नु पर्ने र आमाको माया र योगदान कस्तो हुँदोरहेछ भन्ने गहिरो अनुभूति भएको बताएका छन्।

यसरी विद्यालयले पठनपाठनसँगै प्रेरणादायी दृश्य सामग्रीमार्फत विद्यार्थीको व्यक्तित्व विकासमा सहयोग पुर्याउने प्रयास सराहनीय छ ।
शिवालय सिनेफ्लेक्सले विद्यालय, विद्यार्थी तथा समूहगत रुपमा आउने मागको आधा।मा चलचित्र अञ्जिला प्रदर्शन गर्दै आएकाले सोही अनुसार अन्य विद्यालयहरुबाट माग आएमा माग भएकै समयमा चलचित्र प्रदर्शन गर्ने जनाएको छ ।
13.12¡ÆC