<p>पप्पु गुरुङ्, २३ साउन, दोधारा चाँदनी । दोधारा चाँदनीमा ३ साता अघि काग्रेंसले बनाएको कच्ची बाटो वर्षाले भत्काए पछि एमालेले बनाउने भएको छ् । काग्रेंसले बनाएको सिमा क्षेत्रमा रहेको बाटो जिर्ण भएपछि स्थानियहरुलाई सिमावर्ती भारतिय बजार आवात जावत गर्न असहज भएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७, कञ्चनभोजको सिमा क्षेत्र नजिक रहेको कच्ची बाटोमा पानीको कारण सडकमा ठुलो खाल्डो भएपछि स्थानियहरुले हिडडुल गर्न समेत निकै असजिलो भएको स्थानियहरुले बताएका छन् । सिमावर्ती भारतिय बजारमा आवत जावत गर्न निकै असजिलो भएको भन्दै स्थानियहरुले सामान्य काठ तेस्राएर पुल समेत निमार्ण गरेका छन् । केही दिन अघि उक्त सडकमा नेपाली काग्रेसका कार्यकर्ता तथा स्थानियहरुले ढुङ्गा ग्रेबिल हालेर कच्ची बाटो सुचारु गरेपनि वर्षाको कारण फेरी बाटो खाल्डो भएर हिड्न समेत गाहे परेको स्थानियहरुले बताएका छन् । नेपाली काग्रेसका कार्यकर्ता तथा स्थानियहरुको नेपाल/भारत सिमा स्तम्भको शाखा पिल्लर नं. १५ नजिक करिब २ सय मिटर कच्ची बाटोमा माटो फिलिङ्ग तथा ग्रेबिलिङ्ग गरेपनि पानीले बाटो बिग्रेको स्थानिय रामसिंह खड्काले बताएका छन् । उक्त बेला स्थानियहरुले आफ्नै ट्याक्टर, डल्लवहरु प्रयोग गरेर जनश्रमदानबाट सडक बनाएका थिए । “वर्षाले ठुलै खाल्डो बनाए पछि हिड्नै असजिलो भएको छ.” स्थानिय बल बहादुर सुनारले भने । कसैले उक्त कच्ची बाटो मर्मत गर्न ध्यान नदिएपछि स्थानियहरुले सास्ती खेप्नु परेको हो । दोधारा चाँदनीका स्थानियहरु बिभिन्न काममा सिमावर्ती भारतिय बजार जाने गरेका छन् । बाटोमा पानीले खाल्डो बनाएपछि आवत जावत गर्न असजिलो भएको भन्दै बाटो बनाउन सरोकारवालालाई गुहार्न थालेका छन् । दैनिक उपभोग्य समान, औषधी उपचार, पैन्सन लिन लगाएत दर्जनौ काममा दोधारा चाँदनीका स्थानिय यसै बाटो सिमावती भारतिय बजार पस्ने गर्छन् । दैनिक सयौ जना आवात जावत गर्ने उक्त कच्ची सडकमा वर्षाले खाल्डो परेपछि हिड्न समेत असजिलो भएको हो । दोधारा चाँदनीमा बिभिन्न संघ संस्थाहरु कार्य गर्दै आएपनि उक्त बाटो मर्मत गर्न कसैको ध्यान नगएको स्थानियहरुको आरोप रहदै आएको छ् । नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बु सहितको एक टोलीले हिजो उक्त खाल्डो बाटोको निरिक्षण गरेको छ् । नगरकमिटिका अध्यक्ष लिम्बुले बाटोमा ह्युमपाईप तथा बिग्रेको बाटोलाई मर्मत गर्न पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छन् । “सम्बन्धित कार्यालयमा वर्षाले बाटो खाल्डो भएर हिड्न निकै असजिलो परेको छ् । सम्बन्धित कार्यालयमा बाटो निमार्णको लागी पहल गर्छु” नेकपा (एमाले) नगरकमिटिका अध्यक्ष लिम्बुले भने । तत्कालको लागी सामान्य आवत जावत सहज गर्न काठको पुल निमार्ण गर्ने जनाएका छन् । जस्मा सामुदायिक बनले काठ तथा बाँस दिएर सहयोग गर्ने समेत बताईएको छ् । वर्षाले बाटो खाल्डो बनाएपछि उक्त स्थानमा सामान्य काठ तथा बाँसको पुल बनाएर कट्टामा माटो भर्ने कार्य गरिने एमाले नगरकमिटिले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको कार्यालयमा यस वर्ष उक्त स्थानमा बाटो बनाउने रकम नभएको कारण वर्षाले भत्काएको बाटो मर्मत गर्न नसकिएको दोधारा चाँदनी नगरपालिकाको कार्यालयले जनाएको छ् । वर्षाले बनाएको खाल्डो लाई चाडै आवत जावतमा सहज गर्ने दोधारा चाँदनी नगरपालिकाको कार्यालयका कार्यकारी अधिकृत महेश बहादुर बमले जानकारी दिनुभएको छ् । “हामीले दोधारा चाँदनी नगरपालिका वडा नं. ७, कञ्चनभोजको सिमा क्षेत्रको खाल्डो परेको बाटो मर्मत तथा स्लेब ढलानलाई पहिलो प्रथमिकतामा राखेका छौं” दोधारा चाँदनी नगरपालिकाको कार्यालयका कार्यकारी अधिकृत बमले भने । <br><br><br></p>
17.32¡ÆC