तादी गाउँपालिकामा बदेलको आतंक, एकैदिन तीन जना घाइते

साउन १४, २०८२ मा प्रकाशित | 847 views

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा जंगलबाट आएको माउ बदेलको आक्रमणले एकैदिन तीन जना स्थानीयवासी घाइते भएका छन्। घाँस काट्न र दैनिक कार्यमा संलग्न रहँदा उनीहरूलाई बदेलले आक्रमण गरेर गम्भीर घाइते बनाएको हो।

तादी–२ छापथोकमा कोसकाढेका मुरारी तामाङ गम्भीर घाइते भएका छन्। तादी–३ भोर्लेकी ७० वर्षीया बुद्धलक्ष्मी रिमाललाई घाँस काट्ने क्रममा बदेलले आक्रमण गर्दा घाइते बनाएको छ भने तादी–५ बाहुनबेशीका बुद्धिमान (साइला) तामाङ पनि बदेलको आक्रमणमा परेका छन्।

तीनै जना घाइतेहरूको खरानीटार अस्पतालमा प्रारम्भिक उपचार भईरहेको छ । बदेलको आक्रमणबाट ठूलो चोट लागेकाले थप उपचारको लागी काठमाडौं लैजाने तयारी गरिएको छ। ती स्थानमा अन्यलाई पनि सामान्य घाइते बनाएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दा र प्रहरीको टोलीले बदेललाई जंगलतर्फ भगाउन प्रयास गरे पनि नियन्त्रणमा लिन नसकिएको बताइएको छ।
विगतमा पनि यस्तै किसिमको आक्रमण हुँदै आएकाले स्थानीयले वन तथा वातावरण कार्यालय र सम्बन्धित निकायको तुरुन्त ध्यानाकर्षण गराएका छन्।

स्थानीयवासीहरू त्रसित छन् र मानव–वन्यजन्तु द्वन्द्व रोक्न दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web