
नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटको ६१ औं वार्षिकोत्सवका अवसरमा डा. कैलाश विश्वकर्मालाई आर्थिक वर्ष २०८१/८२ को उत्कृष्ट कर्मचारीको रूपमा घोषणा गरी सम्मान गरिएको छ।
आज सम्पन्न कार्यक्रममा डा. विश्वकर्मालाई प्रमुख अतिथि विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र अस्पताल व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र बुढाथोकीले प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले डा. विश्वकर्माले अस्पतालमा पु¥याएको सेवा, निष्ठा र कार्यसम्पादनका आधारमा उहाँलाई उत्कृष्ट कर्मचारी घोषित गरिएको जानकारी दिनुभयो।
सम्मान प्राप्त गरेपछि डा. कैलाश विश्वकर्माले आफू निकै उत्साहित र कृतज्ञ भएको प्रतिक्रिया दिनुभयो। उहाँले यस सम्मानले स्वास्थ्य सेवा क्षेत्रमा अझ इमानदारीपूर्वक लाग्न थप प्रेरणा मिलेको बताउनुभयो।
कार्यक्रमले अस्पतालमा कार्यरत अन्य चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूमा पनि मनोबल बढाएको छ। त्रिशूली अस्पतालले आज विभिन्न कार्यक्रमहरू गर्दै आफ्नो ६१ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको हो ।
16.6¡ÆC