रसुवागढी(टिमुरे)-स्याफ्रुबेसी सडक खण्ड सञ्चालनमा

साउन ४, २०८२ मा प्रकाशित | 191 views


रसुवा । असार २४ गतेको बाढीका कारण अवरुद्ध भएको रसुवागढी (टिमुरे)–स्याफ्रुबेसी सडक खण्ड साउन ४ गते अपरान्ह ५ बजेबाट पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्राकृतिक विपत्तिका कारण सडकमा आएको क्षति मर्मतपछि पुनः सवारी आवागमन सहज बनेको हो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरू पनि नियमित रूपमा सञ्चालनमा आएका छन् ।

स्थानीय प्रशासन, सुरक्षाकर्मी र प्राविधिकको सहयोगमा सडक मर्मत कार्य तीव्र गतिमा अगाडि बढाइएको थियो । बाढीको कारण लामो समय सवारी ठप्प हुँदा यात्रुहरू र स्थानीय बासिन्दाहरूले ठूलो कठिनाइ भोग्नु परेको थियो ।

प्रहरी कार्यालयले आगामी दिनहरूमा पनि सम्भावित जोखिमका बारेमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web