बेलकोटगढी–२ को वडा कार्यालयले ज्येष्ठ नागरिकलाई लौरो बाढ्ने

असार २१, २०८२ मा प्रकाशित | 838 views


नुवाकोट । बेलकोटगढी नगरपालिका, २ नं वडा कार्यालयले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई लौरो बाढ्ने भएको छ ।

समाजका जेष्ठ इतिहास, प्रेरणाका स्रोत एवं पथप्रदर्शकको रुपमा रहने ज्येष्ठ नागरिकले समाज र राष्ट्रप्रति पुर्‍याउनुभएको अमूल्य योगदानको उच्च कदर गर्दै उहाँहरूको सम्मानमा “ज्येष्ठ नागरिकलाई लौरो वितरण तथा सम्मान कार्यक्रम” आयोजना गरिएको वडाध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँको अनुसार बेलकोटगढी नगरपालिका २ नं वडा भित्र बसोबास गर्ने ७० वर्षदेखि माथिका ज्येष्ठ नागरिकहरूको सम्मान–पत्र तथा धन्यवादको प्रतीक स्वरूप लौरो वितरण गर्न लागिएको हो ।

यही असार २२ गते दिनको १ बजे वडा कार्यालय थाप्लेपाटाबाट लौरो बितरण गर्न लागिएको हुदाँ नागरिकताको फोटोकपी र एक प्रति फोटो सहित सम्पर्क गर्न वडासचिव राजकुमार परियारले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web