विदुरमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

असार २१, २०८२ मा प्रकाशित | 443 views


नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नं १ ढुङ्गेमा आज बिहान सवारी दुर्घटनामा परेर घाइते भएका युवकको उपचारको क्रममा निधन भएको छ ।

बिहान करिब ११:४० बजे बट्टारबाट त्रिशूलीतर्फ गइरहेको बा ९३ प १८४ नम्बरको मोटरसाइकल र त्रिशूलीबाट बट्टारतर्फ आइरहेको बा.प्र.०६–००१ ज ०१३८ नम्बरको ईभी माइक्रोबस एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक विदुर–१ का २० वर्षीय सोहन श्रेष्ठ भन्ने रोनिश श्रेष्ठ गम्भीर घाइते भएका थिए।

घाइते श्रेष्ठलाई तत्काल उद्धार गरी त्रिशूली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, काठमाडौं पठाइएको थियो। तर उपचारकै क्रममा दिउँसो करिब ३:१० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ।

दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web