चन्द्रज्योती माविको खेल मैदानको घेरावाल निर्माण कार्य तीव्र गतिमा

असार १८, २०८२ मा प्रकाशित | 492 views


नुवाकोट । विदुर नगरपालिका वडा नं ५ तल्लो पिपलटारमा रहेको चन्द्रज्योती माध्यमिक विद्यालयको खेल मैदानको घेरावाल निर्माण तथा संरक्षणको कार्य तिव्रगतिमा अगाडि बढिरहेको छ।

बागमती प्रदेस सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा भइरहेको उक्त कार्यको अवलोकन तथा निरीक्षण नगरप्रमुख राजन श्रेष्ठ, वडा नं ५ का अध्यक्ष लिलानाथ न्यौपाने, जिल्ला समन्वय समिति सदस्य सन्तोषी देवकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोल लगायतको टोलीले गरेका छन्।

छोटो अवधिमा तीव्र रूपमा निर्माण कार्य भइरहेकाले कामको गुणस्तर कायम राख्न विशेष ध्यान दिन सुझाव दिइएको निरीक्षण टोलीले जनाएको छ।

स्थानीय तहको पहलमा विद्यालयमा भौतिक पूर्वाधार विस्तार हुँदै जानु सकारात्मक पक्ष भएको भन्दै कार्य सम्पन्न हुन अझै थप बजेटको आवश्यकता औल्याइएको विद्यालयका शिक्षक कुमार गजुरेलले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगोलले घेरावाल लगाउने कार्य एकातर्फ अझै बाँकी रहेकाले थप बजेटको बिनियोजना गरिदिनको लागी नगरप्रमुख र वडाध्यक्ष समक्ष आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web