त्रिशूली अस्पतालमा डायलासिसका दुई उपकरण थपियो, मिर्गौला बिरामीलाई राहत

असार १६, २०८२ मा प्रकाशित | 1272 views


नुवाकोट । मिर्गौलामा खराब भएर उपचार गर्नुपर्ने बिरामीलाई सेवा दिनको लागी नुवाकोटको त्रिशूली अस्पतालमा थप दुईवटा डायलासिसका उपकरण थपिएको छ । यसअघि चारवटा उपकरण मार्फत नुवाकोट सहित आसपासका जिल्लाका बिरामीलाई सेवा दिदै आएको अस्पतालमा दुई उपकरण थपिए सगैँ बिरामीको उपचारको लागी सहज, सरल र अझ धेरैलाई सेवा दिन सजिलो भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

त्रिशूली अस्पतालबाट मृर्गौलामा खराबी भएर नियमित डायलासिस गर्नुपर्ने बिरामीलाई सेवा दिन थालिएसगैँ नुवाकोट र आसपासका बिरामीलाई काठमाडौसम्म पुग्नुपर्ने र महङ्गो अस्पतालबाट सेवा लिनुपर्ने बाध्यता अन्त्य हुदै गएको थियो । तर, बिरामीको बढ्दो चापलाई मध्ये नजर गर्दै त्रिशूली अस्पतालको माग अनुसार बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको पहलमा प्रदेस स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाले थप दुई डायलासिस उपकरण उपलब्ध गराएको हो ।

विगतमा दुई सिफ्टमा सेवा दिदै आएकोमा अस्पतालका निर्देशकमा डा.राजेन्द्र लामा र अध्यक्षमा उपेन्द्र बुढाथोकीले जिम्मेवारी बहन गरेपछि थप जनशक्तिलाई तालिम दिएर हाल तीन सिफ्टमा सेवा दिदै आइरहेको छ ।

तीन सिफ्टमा सेवा दिदा समेत बिरामीको लागी डायलासिस उपकरणको अभावले सबैलाई समेट्न नसकेकाले बागमती प्रदेसका मुख्यमन्त्रीसंग अस्पतालले गरेको आग्रहले थप दुई मेसिन त्रिशूली अस्पतालमा भित्रिएको हो ।

थप दुई उपकरण भित्रिएसगैँ अस्पताल प्रशासनले थप जनशक्तिलाई तालिम दिएर दैनिक दिदै आएको सिफ्टलाई बृद्धि गर्ने र नुवाकोट आसापासको बिरामीलाई पालो पर्खनुपर्ने बाध्यताको अन्त्य अथवा काठमाडौमा जानुपर्ने अबस्थालाई हटाउने सकिने विश्वास लिएको अस्पतालका निर्देशक डा.राजेन्द्र लामाको भनाई छ । अहिले थप भएर आएको उपकरण जापानिज प्रविधिमा आधारित भएकाले गुणस्तरीय सेवा दिनको लागी थप सहयोग हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मृर्गौला खराबी (फेल भएका) बिरामीको रगतबाट विषालु पदार्थ अतिरिक्त पानी, र इलेक्ट्रोलाइट सन्तुलन मिलाउनको लागी डायलासिस अनिवार्य भएकाले त्रिशूली अस्पतालबाट प्रवाह भइरहेको सेवाले ग्रामीण क्षेत्र, आर्थिक अबस्था कमजोर भएका र महङ्गो अस्पतालसम्म जाँच एंव परीक्षण गराउन नसक्ने बिरामीको लागी त्रिशूली अस्पतालले दिएको सेवाले जीवन नै बरदान सरह हुदै आएको छ ।

मिर्गौला फेल भएका बिरामीको प्रत्यारोपण नहुदाँसम्मको लागी नियमित रुपमा गर्नुपर्ने रगत सफा गर्न, युरिया, क्रिएटिनिन लगायत विषालु पदार्थ हटाउन र शरीरमा पानी र नुनको सन्तुलन कायम गर्न डायलासिस सेवाले बिरामीलाई सहज बनाउने गरेको छ ।

प्रादेसिक अस्पतालको रुपमा रहेको त्रिशूली अस्पताललाई संघीय, प्रदेस र स्थानीयतहको सहयोगले सञ्चालन एंव व्यवस्थापनमा सहयोग पुग्दै आएको छ ।

तीनतहको सरकार मध्ये सञ्चालनमा आवश्यक सहयोग बागमती प्रदेस सरकरको भएपनि अस्पतालमा देखिएका सबै प्रकृतिका समस्या समाधान एव सहयोगमा स्थानीय सरकार विदुर नगरपालिकाको भूमिका धेरै रहेको छ ।

नुवाकोट र रसुवामा रहेका अन्य स्थानीय सरकारको समेत सहयोग रहेको छ भने संघीय सरकारले ठूला कार्यक्रममा सहयोग पुराउदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web