
नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले अत्याधिक गर्मी र वर्षायामको खेती लगाउने समयलाई समेत मध्यनजर गरी विद्यालयले लिन लागेको पहिलो त्रैमासिक परीक्षा बिहानी सत्रमा गर्न निर्देशन दिनुभएको छ ।
यही असार १९ गतेबाट गाउँपालिकाभरिका विद्यालयमा संचालन हुन लागेको कक्षा १० सम्मको प्रथम त्रैमासिक परीक्षा बिहानको समयमा संचालन गर्ने व्यवस्था मिलाउन अध्यक्ष अधिकारीले शिक्षा शाखालाई निर्देशन दिनुभयो ।
अहिलेको गर्मीको समय र बर्खायाममा धेरै अभिभावकहरु धान रोपाईमा व्यस्त हुदा बालबच्चालाई समयमै खानपान एंव विद्यालय पठाउनलाई समय समेत मिलाउन समस्या हुने भन्दै आएको गुनासो एंव सुझाबको अधारमा अध्यक्ष अधिकारीले बिहानी सत्रमा परीक्षा सञ्चालन गर्नको लागी निर्देशन दिनुभएको हो ।
अध्यक्ष अधिकारीलाई विभिन्न माध्यमबाट अभिभावक, विद्यार्थी र शिक्षकहरूले समेत अनुरोध गरेकालाई त्यसको सम्बोधनको लागी विद्यालयतहको सम्पूर्ण परीक्षाहरु बिहानी सत्रमा ११ बजेभित्र सकिने गरी परीक्षा संचालन गर्न गाउँपालिका शिक्षा शाखा र मातहतका विद्यालयलाई अध्यक्ष अधिकारीले निर्देशन दिनुभएको हो ।
उहाँको निर्देशन पश्चात शिक्षा शाखाले सोही अनुसार कार्यान्वयनमा ल्याउने जनाएको छ ।
22.12¡ÆC