एसईईको नतिजा सार्वजनिक, कुल ६१.८१ प्रतिशत उर्तिण

असार १३, २०८२ मा प्रकाशित | 232 views

एसईईको नतिजा सार्वजनिक, कुल ६१.८१ प्रतिशत उर्तिण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । 

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।  अवर्गीकृत परीक्षार्थीको सङ्ख्या एक लाख ६७ हजार ५९७ रहेको छ । 

नतिजा अनुसार, ३.६ देखि ४ सम्म ४८१७७ जना, जिपिए ३.२ देखि ३.६ सम्म ८१३८५ जना, जिपिए २.८ देखि ३.२ सम्म ८९१२४ जना, जिपिए २.४ देखि २.८ सम्म ४८४७९ जना, जिपिए २.० देखि २.४ सम्म ४१२६ जना, जिपिए १.६ देखि २.० सम्म ८ जना वर्गीकृत भएका छन् । 

१२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।

०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।

एसइईको वेबसाइट, एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सकिनेछ । 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web