
नुवाकोट । विदुर सहित विभिन्न चार पालिकामा सञ्चालन भइरहेको सुरक्षित आप्रवासन ‘सामी’ कार्यक्रम प्रभावकारी बनाउन नुवाकोटमा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक तथा शोषणरहित बनाउन सञ्चालन भइरहेको ‘सामी’ कार्यक्रम मार्फत भइरहेको गतिविधिको जानकारी दिन आयोजित अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारमा सकेसम्म नजान यद्यपी जानै पर्ने भएमा राम्रोसंग बुझेर मात्र जानको लागी गर्ने गरेको आब्हानको सम्बन्धमा जानकारी दिइएको छ ।
विदुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले बैदेसिक रोजगारको अबस्था, चुनौती, असर र सेवाहरुको सम्बन्धमा प्रस्तुतीकरण गर्दै वैदेशिक रोजगारलाई मर्यादित जिम्मेवारी एंव सुरक्षित बनाउने सम्बन्धमा सामी मार्फत भएका गतिविधिको जानकारी दिनुभयो ।
उहाँको अनुसार वैदेशिक रोजगार रहर नभई बाध्यता हुने भएकाले जानु अघि भाषा, सिप, कानूनी जानकारीको सम्बन्धमा सामी मार्फत गरिएको सहजिकरणले निकै सहज बनाउदै आइरहेको छ ।
दक्ष र क्षमतावान युवाले सिप सिकेर जाँदा राम्रो पारिश्रमिक एंव भाषा जानेकालाई काम गर्न सजिलो हुने र सम्बन्धित देशको कानून तथा उक्त देशको समसामयिक विषयवस्तु बुझाउन लागी सामी कार्यक्रम सञ्चालनमा रहेको उहाँको भनाई छ ।
विदुर नगरपालिकामा कार्यक्रम सञ्चालनको लागी नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी सहित वडाध्यक्षहरु एंव निर्वाचित कार्यपालिकाको टिमनै सक्रिय रुपमा लागिरहेका छन् । नगरपालिकाले प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन पनि सामी कार्यक्रमलाई पालिकाको आफ्नै कार्यक्रमको रुपमा लिएर विभिन्न कार्यक्रममा सामीको उपस्थितीलाई आधार बनाइएको छ ।
“स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक जाने नै भए सही सूचना लिएर र सिप सिकेर मात्र जाऔँ” भन्ने मूल नारालाई लिएर सञ्चालन भइरहेको सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम नेपाल सरकार, बागमती प्रदेस सरकार र स्थानीयतहबीचको सहकार्यमा सञ्चालन भइरहेको छ । अहिले चौथो चरणको कार्यक्रम सञ्चालन भइरहेकाले यसमा स्विस सरकारको समेत सहयोग रहेको छ ।
कार्यक्रमले वैदेशिक रोजगारमा जानको लागि आवश्यक सिपमूलक तालिमहरू निःशुल्क रूपमा दिनुका साथै वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ ।
यसका साथै वैदेशिक रोजगारीमा जाने प्रक्रिया, कानुनी परामर्श लगायत वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण कुराहरूको बारेमा जानकारी दिदै आएको सामी कार्यक्रमको सम्पर्क व्यक्ती विष्णु राजभण्डारीले जानकारी दिनुभयो ।
उहाँको अनुसार चौथो चरणको सामी कार्यक्रम नुवाकोटमा विदुर सहित बेलकोटगढी, लिखु र शिवपुरीमा सञ्चालन भइरहेको छ ।
सामीले विदुर स्थित जिल्ला प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फर्म निःशुल्क भर्दै आइरहेको छ भने राहदानी बनाउनेलाई बैदेसिक रोजगारीमा जादाँ अपनाउनुपने सावधानी, हुनुपर्ने सिप एंव भाषा, सम्बन्धित देशको कानूनी प्रक्रिया लगायतमा सहयोग पुराउदै आएको छ ।
यस्तै, पालिकाहरुमा वित्तीय साक्षरता, मनोपरामर्श सेवा, सिप विकास तालिम लगायतका गतिविधि सञ्चालन गर्दै आइरहेको छ । यसका साथै सामी मार्फत वैदेशिक रोजगारी भएका ठगी सम्बन्धिको उजुरी, विदेशमा अलपत्र परेकालाई उद्धार, अन्यायमा परेकालाई न्याय उपलब्ध गराउने सेवा पनि सञ्चालनमा रहेको छ ।
आप्रवासी श्रोत केन्द्रबाट वैदेशिक रोजगारको विषयमा जानकारी गराउने, वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेकाहरूलाई न्यायमा पैरवी र सहजीकरण गर्ने, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकालाई निःशुल्क सीपको तालिमका लागि समन्वय गर्ने काम भइरहेको छ ।
कार्यक्रम मार्फत वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्सको सही प्रयोगको लागि वित्तीय साक्षरता कक्षा सञ्चालन र वैदेशिक रोजगारको कारण उत्पन्न मानसिक समस्यालाई कम गराउन निःशुल्क मनोपरामर्श सेवा मार्फत नुवाकोटको चारवटै पालिकामा देखिएको समस्या समाधान गराउनको लागी उल्लेख्य योगदान पुग्दै आएको छ ।
16.17C