एसईईको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी

असार १२, २०८२ मा प्रकाशित | 246 views


काठमाडौँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीव्र गतिमा काम भइरहेको बताउनुभयो ।

उहाँका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने काम भइरहेको छ ।

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बने पनि गएको चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाण्डौमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गएको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईईमा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web