
काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षा केही दिनभित्रै सार्वजनिक हुने भएको छ ।
बोर्डले उत्तरपुस्तिकासंपरीक्षणको काम अन्तिम चरणमा पुगेकाले अबको केही दिन भित्रै सार्वजनिक गर्ने गरेर तयारीलाई तिव्र बनाइएको हो ।
शिक्षक आन्दोलनको कारण नतिजा प्रकाशनको लागी लक्ष्य भन्दा केही दिन ढिलो हुने भएपनि जतिसक्दो चाडो परीक्षाफल सार्वजनिक गर्नको लागी आवश्यक जनशक्तिलाई परिचालन गरिएको बोर्डका अध्यक्ष डा .महाश्रम शर्माले जानकारी दिनुभयो ।
उहाँको अनुसार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागी सहज बनाउन र पठनपाठनको कार्यतालिका प्रभावित हुन नदिनेको लागी जतिक्दो चाडै परीक्षाफल प्रकाशन गर्न लागिएको छ ।
कक्षा १२ को परीक्षा २०८२ बैशाख २१ गतेदेखि सुरु भएर जेठ २ गतेसम्म चलेको थियो ।
यसैगरी, माध्यमिक शिक्षा परीक्षा, कक्षा १० अर्थात एसइईको परीक्षाको नतिजा पनि केही दिनभित्रै सार्वजनिक गर्ने बोर्डले जनाएको छ । एसइईको उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न भएर प्रताङ्क रुजु गर्ने काम भइरहेको बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।
22.12¡ÆC