सपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी खोसियो मन्त्रीको गाडी

साउन २१, २०७३ मा प्रकाशित | 1196 views

काठमाडौं,साउन २१ ।  नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुदमन्त्री सत्यनारायाण मण्डल हिँडेर डेरा पुगेका छन्।  बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेरै डेरा पुगेका हुन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि मन्त्री क्वार्टर छाडेका मण्डल बानेश्वरमा डेरा सरेका छन्। शपथ ग्रहण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा मण्डलले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए। त्यसपछि उनले डेरासम्म पुग्ना आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाएका थिए।

तर मन्त्रालयका कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्व्रबाट झन्डै डेढ किलोमटिरभित्र रहेको डेरामा हिँडेर पुगेका थिए। जिम्मेवारीबाट मुक्त भएको २४ घन्टा पनि नबित्दै मन्त्रालयका कर्मचारीले देखाएको व्यवहारबाट निवर्तमान मन्त्री मण्डल दुःखी बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web