पुरातात्विक एंव ऐतिहासिक संरचनाको संरक्षणमा विदुर नगरपालिका र नेपाली सेनाबीच सहकार्य

असार ६, २०८२ मा प्रकाशित | 223 views


नुवाकोट । विदुर नगरपालिकामा रहेका ऐतिहासिक, धार्मिक एंव पुरातात्विक संरचनाको संरक्षणमा नेपाली सैनिकबीच सहकार्य अघि बढ्दै गएको छ ।

विदुरको नगरप्रमुख राजन श्रेष्ठले नेपाली सेनाको प्रधानसेनापति जनरल अशोक राज सिग्देललाई भेट गरेर विदुरमा रहेका सम्पदाको संरक्षणमा सहकार्य गर्नको लागी गरिएको प्रस्ताव अनुसार नेपाली सेना र नगरपालिकाबीच यहाँको सम्पदा संरक्षणमा सहकार्य अघि बढेको हो ।

राष्ट्र निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहले देशमा नै पहिलो बारुद उत्पादनको लागी निर्माण गरेको बारुदखानाको पुर्ननिर्माणमा सैनिक सहयोगको अपेक्षा सहित प्रधानसेनापतीसंग भेट गर्नुभएका नगरप्रमुख श्रेष्ठले त्यसपछि यहाँका सम्पदाको महत्व बुझाउदै अघि बढ्ने क्रममा विदुर नगरपालिका र नेपाली सेनाबीचको सहकार्यले थप निरन्तरता पाएको हो ।

बारुद खाना निर्माणको लागी नेपाली सेनाबाट श्रोत सुनिश्चितको प्रक्रिया अघि बढिसकेको छ भने यस स्थान सगैँ रहेका   क्षेत्रका ऐतिहासिक संरचनाहरु कालिका, मालिका, एकीकरण पदमार्ग लगायतका संरचनाको आवश्यकता अनुसारको पुर्ननिर्माण, मर्मतसम्भार, संरक्षणको लागी नेपाली सेनासंगको सहकार्यमा काम गर्न लागिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

बारुदखाना निर्माणको क्रममा सोही क्षेत्रमा अबस्थित रहेका ऐतिहासिक, धार्मिक एंव सास्कृतिक सम्पदाको पुर्ननिर्माण पनि सेनाले चासो देखाएको छ ।

नेपाली सेनाको जङ्गीअड्डाबाट चासो देखाएसगैँ नगरप्रमुख श्रेष्ठ र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डे लगायत सरोकारवालालाई साथ लिएर नेपाली सेनाको नुवाकोट सुरक्षार्थ खटिएको बहादुर श्री शेर गणले सर्वेक्षण एंव बस्तुस्थितीको विवरण संकलन गरेको छ ।

बारुदखाना सहित कालिका, मालिका, एकीकरण पदमार्गमा सेनाको भूमिका खोज्नको लागी स्थलगत अवलोकन सहितको सर्वेक्षणको काम भइरहेकाले सम्पदा संरक्षणमा विदुर नगरपालिका र नेपाली सेनाबीच सहकार्य गर्दै अघि बढिरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली सेनाले विदुर –१० स्थित वेत्रावतीमा रहेको नेपाल भोट सन्धि भएको भनिएको ढुङ्गाको संरक्षण र सोही स्थानमा सन्धि पार्क निर्माणमा सहयोग पुराउने गरेर सहकार्य सुरु भएको छ ।

सन्धिपार्कको निर्माण गर्ने, सन्धि भएको स्थानको ठूलो ढुङ्गाको संरक्षण गर्ने र त्यसपछि विदुर–११ स्थित दुधेलामा, कालिका, जितगढी, गेर्खुगढी, बिजयगढी, सूर्यगढी लगायतका गढीहरुको संरक्षण एंव ईतिहासको जगेर्नाको लागी सहकार्य गर्न लागिएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web