बेलकोटगढी-१० मा ३ महिने सिलाई कटाई तालिम सम्पन्न

असार ६, २०८२ मा प्रकाशित | 241 views


नुवाकोट । बेलकोटगढी नगरपालिकाको सहयोग र व्यवसायिक सिलाई बुनाई तथा घरेलु तान संचालन उपभोक्ता समिति बेलकोटगढी-१० को आयोनजामा ३ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

बेलकोटगढी नगरपालिकाको आर्थिक लगानीमा बेलकोटगढी-१० का महिला दिदीबहिनीलाई ३ महिने सिलाई कटाई तालिम प्रदान गरिएको हो ।

गत फागुन १९ गते देखी सञ्चालन भएको तालिम शुक्रबार (आज) बेलकोटगढी नगरपालिका प्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिबप्रसाद दाहालको आतित्थ्यतामा समापन गरिएको हो ।

सिलाई कटाई तालिमले महिलाहरुको सिप विकास भएर रोजगारको सिजर्ना गर्दै आर्थिक विकासमा सहयोग पुग्ने नगरपालिका प्रमुख जगतबहादुर गुरुङले बताउनुभयो ।

आगामी दिनमा पनि महिलाहरुको क्षमता वृद्धिको लागि थप कार्यक्रमहरु सञ्चालन गर्ने नगरपालिकाको लक्ष्य रहेको नगरप्रमुख जगतबहादुर गुरुङको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web