विदुर-३ मा आयोजित ‘एकीकृत घुम्ती शिविर’मा सयौँ नागरिकले सेवा लिए, नगरप्रमुखबाट स्थानीयसंग अन्तरक्रिया

असार ५, २०८२ मा प्रकाशित | 627 views


नुवाकोट । विदुर नगरपालिका नुवाकोटको आयोजनामा विदुर–३ स्थित मैरीटारमा आयोजनामा गरिएको एकीकृत घुम्ती शिविरमा सयौ स्थानीय नागरिकहरुले सेवा लिएका छन् ।

विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ मार्फत उद्घाटन गर्दै सञ्चालन ल्याइएको एकीकृत घुम्ती शिविरमा उपलब्ध गराइएको कृषि सेवा, स्वास्थ्य सेवा र पशु सेवाबाट सयौँ नगरबासी विशेष गरेर वडा नं ३ का स्थानीयबासी लाभान्वित हुनुभएको हो ।

उक्त अवसरमा नगरप्रमुख श्रेष्ठले स्थानीय नगरबासीलाई नगरपालिका र वडा कार्यालयबाट प्रवाह भइरहेको सेवाका सम्बन्धमा सुझाब संकलन, राय एंव प्रतिक्रिया समेत लिनुभएको थियो ।

उद्घाटन समारोह एंव जनताबाट राय सुझाब एंव प्रतिक्रिया लिने एंव उहाँहरुसंग अन्तरक्रियाको क्रममा नगर प्रमुख सहित कार्यक्रममा उपप्रमुख प्रभा बोगटी, वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं ३ का अध्यक्ष बद्री रिमाल लगायत जनप्रतिनिधि, सेवा प्रवाहको लागी खटिएका स्वास्थ्य, कृषि र पशु विकास शाखाको प्राविधिक कर्मचारीहरु समेत संलग्न हुनुहुन्थ्यो । 

एकीकृत घुम्ती शिविर अन्तरगत यही असार ६ गते वडा नं १३ स्थित कागुने, सुन्दरादेवी मन्दिरमा पनि सञ्चालन हुन लागिरहेकाले मौकाको फाइदा उठाउनुहुन विदुर नगरपालिकाले सूचना प्रकाशन गर्दै अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web