
नुवाकोट । सुर्यगढी गाउँपालिका पुर्णखोप वडा सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा गरिएको छ ।
सुर्यगढी गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा दिइएको जानकारी अनुसार जन्मेदेखी १५ महिना भित्रका सबै बालबालिका खोपको पहुचमा रहेको सुनिश्चित भएसँगै सुर्यगढी गाउँपालिका पुर्णखोप वडा सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा गाउँपालिकाको अध्यक्ष सन्तबहादुर घले, उपाध्यक्ष मन्जु बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत शैलेश किरण राई चाम्लिङ, जनस्वास्थ्य कार्यालय नुवाकोटका बरिष्ट जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारी, खोप अधिकृत अमृत महर्जन, सूर्यगढी गाँउपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्य सँस्थाका प्रमुख एंव स्वास्थ्यकर्मी विद्यालय नर्सहरु, खोप कार्यकर्ताहरु, महिला स्वास्थ्य स्वंयमसेविकाहरु लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राख्न योगदान पुराएका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
यसअघि नै गाँउपालिका र यसमा रहेका वडाहरु पूण खोप सुनिश्चित घोषणा भइसकेकाले यस कार्यक्रम मार्फत पूर्ण खोपवडा सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । पालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएसगैँ अब जनस्वास्थ्य कार्यालयले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने व्यवस्था रहेको छ ।
15.25¡ÆC