
नुवाकोट । विदुर नगरपालिका-१ ढुङ्गेमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका महिलाको उपचारको क्रममा निधन भएको छ ।
आइतबार बिहान ढुङगेबाट रसुवातर्फ जाँदै गरेको ना.४ ख.४८४ नं. को बसले किस्पाङ गाँउपालिका –५ का अम्बिका भट्टलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । उहाँलाई उपचारको लागी काठमाडौँ पुराइएकोमा त्यहाँ निधन भएको जानकारी आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक विक्रम तामाङको अनुसार ५४ वर्षीय भट्टको त्रिशूली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी काठमाडौ स्थित ग्रिन सिटी अस्पतालमा पठाइएको थियो ।
उक्त अस्पतालमा पुर्याए लगत्तै निधन भएको जानकारी चिकित्सकले नुवाकोट प्रहरीलाई दिएको छ । बिहान करीब साढे ११ बजेतिर भएको दुर्घटना पश्चात प्रहरीले ठक्कर दिने ना.४ ख. ४८४ को बस र त्यसका चालक रसुवा उतरगया-३ का ४२ को जीवन गुरुङलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरेको जनाएको छ ।
17.17¡ÆC