नेविसंघ उपसभापतिमा चन्दाको उम्मेदवारी

साउन २०, २०७३ मा प्रकाशित | 1673 views

विद्यार्थी आन्दोलनमा चन्दाको निरन्तर योगदानका कारण नेविसंघको आगामी नेतृत्वका लागि चन्दाको उपसभापति उम्मेदवारी सवैको चासो र महत्वको विषय बनेको छ ।

विद्यार्थी हक अधिकारका साथै गुणस्तरिय, व्यवसायीक र व्यवहारिक शिक्षालाई मुर्तरुप दिन उपसभापतिमा उम्मेदवारी दिएको चन्दा बताउँछिन् ।  आफु निर्वाचित भए सुलभ र समान शिक्षाका लागि दरिलो रुपमा लड्ने पनि उनी वताउँछिन् । संविधान कार्यान्वयन, आर्थिक संवृद्धि र राष्टियताको मुद्धा पनि आफनो पहिलो प्राथमिकतामा रहेको चन्दाको भनाई छ ।

त्यो समयमा चन्दाको सक्रियताको खबर प्रमुख सन्चारमाध्यमले प्रमुखताका साथ प्रकाशन, प्रशारण गरेका थिए । माओवादी आक्रमणमा परेकी चन्दा विगतको चोटका कारण अझै पनि निरन्तर उपचारमा छिन् । जनआन्दोलनका क्रममा चन्दा पटक पटक गिरफतारीमा समेत परिन् ।

प्रहरीको वल प्रयोगलाई वेवास्था गर्दै सडकमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेकी उपसभापतिकी उम्मेदवार चन्दा तत्कालिन नेकपा माओवादीको आक्रमणमा परि सख्त घाईते भएकी थिइन् । राजतन्त्रको विरुद्ध सडकमा गणतन्त्रको नारा घन्काउने चन्दालाई आन्दोलनमा नलाग्न निकै दबाब समेत आएको थियो । कुनै पनि लोभ लालचमा नपरी उनी निरन्तर प्रमुख नेताहरुसँग सडकमै बसिन् ।

२०६० सालमा पद्यमकन्या क्याम्पसको इकाई सदस्य, २०६१ सालमा जिल्ला सदस्य स्याङ्जा, २०६२ सालमा स्वबियु सदस्य पद्यमकन्या क्याम्पस, २०६५ सालमा स्वबियु सहसचिब, २०६९ सालमा पद्यमकन्या क्याम्पसकी एकाई सभापती चन्दा जनआन्दोलनकी चर्चित विद्यार्थी नेतृ हुन् । जनआन्दोलनको समय चन्दा सानी नेतृको रुपमा समेत परिचित थिइन् ।

यसैबीच निरन्तर विद्यार्थी आन्दोलनमा सक्रिय विद्यार्थी नेतृ चन्दा अधिकारीले उपसभापतिमा उम्मेदवारी दिएकी छन् । २०५८ सालकी राधादमोदर माध्यामिक विद्यालय स्याङ्जाकी इकाई सभापति चन्दा २०६२,६३ को जनआन्दोलनकी सक्रिय विद्यार्थी नेतृ हुन् ।

नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघको ११ औं महाधिवेशन आउन अब केहि दिन मात्र बाँकी छ । महाधिवेशनको समय नजिँकीदै जाँदा विभिन्न पदमा उम्मेदवार दिनेको संख्या पनि बढ्दो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web