काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटना, १९ जना घाइते

जेष्ठ ३१, २०८२ मा प्रकाशित | 142 views


काठमाडौ । काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ ।

बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए ।

दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले जानकारी दिए ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web