त्रिशूली अस्पतालबाट जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ३१, २०८२ मा प्रकाशित | 640 views


नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले विदुर नगरपालिका वडा नं ५ देवीघाटमा रहेको देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण एंव औषधि वितरण गरेको छ ।

त्रिशूली अस्पतालले शनिबार देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा बसोबास गर्दै आउनुभएका ३२ जना ज्येष्ठ नागरिकहरु (बुबाआमा)को स्वास्थ्य परीक्षण गरेर आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिहरुको स्वास्थ्य परीक्षणमा त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामा, मनोरोग विशेषज्ञ डा.सन्देशराज उपाध्याय, डाक्टर कैलाश विश्वकर्मा सहित अस्पतालको विभिन्न विभागमा कार्यरत चिकित्सक एंव स्वास्थ्यकर्मीको टिम संलग्न रहेको थियो ।

त्रिशूली अस्पताल मार्फत उक्त प्रतिष्ठानमा बसोबास गर्दै आएका ज्येष्ठ नागरिकहरुको नियमित रुपमा शिविर मार्फत स्वास्थ्य जाँच एंव परीक्षण गर्दै आएकाले सोही अनुसार आजको कार्यक्रम गरिएको हो । उक्त कार्यलाई आगामी दिनमा पनि नियमत रुपमा सञ्चालन गर्ने अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web