बेलकोटगढी नगरपालिकामा राष्ट्रिय परिचयपत्र आवेदन संकलन शिविर सञ्चालन

जेष्ठ ३१, २०८२ मा प्रकाशित | 210 views


नुवाकोट । बेलकोटगढी नगरपालिकामा राष्ट्रिय परिचयपत्र बनाउनको लागि शनिबार (आज)  वडा नं ३ को वडा कार्यालयमा विवरण संकलनको भइरहेको छ ।

जिल्ला प्रसासन कार्यालय नुवाकोटसंगको सहकार्यमा बेलकोटगढी नगरपालिकाको वडा नं ३ र यस आसपासमा रहेका नागरिकहरुको राष्ट्रिय परिचयपत्र बनाउन लागिएको बेलकोगढी नगरपालिका वडा नं ३ का वडाध्यक्ष कौशिला पुडासैनीले जानकारी दिनुभयो ।

उहाँको अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न र बैंक खाता सञ्चालनको लागी राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले उक्त सेवाग्राहीलाई घरदैलोमा नै सेवा दिने उद्देष्यले राष्ट्रिय परिचयपत्र बनाउने शिविर सञ्चालन गरिएको हो ।

यसअघि पनि शिविर मार्फत सेवा दिएकामा केही छुट भएसगैँ बिदाको दिनमा पनि सेवा उपलब्ध गराई शिविर सञ्चालन गर्दा स्थानीयबासी विशेष गरेर ज्येष्ठ नागरिकहरुले प्रत्यक्ष लाभ पाएका छन् । उनीहरुले राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय नै पुग्नुपर्ने बाध्यता हटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web