भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

जेष्ठ २९, २०८२ मा प्रकाशित
Published at जेष्ठ २९, २०८२

342 views

काठमाडौँ । भारतको गुजरातमा रहेको अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ । २ सय ४२ जना बाेकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेकाे एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ ।

उडान भरेको केही समयपछि नै विमान दुर्घटनाग्रस्त भएको र उद्धार टोली घटनास्थलमा पुगेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यममा सार्वजनिक भिडियो अनुसार दुर्घटनास्थलमा धूवाँको मुस्लो देखिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.