बालेन थप तनाबमा, काठमाडौं महानगरका प्रहरी प्रमुख पाण्डे निलम्बित

जेष्ठ २०, २०८२ मा प्रकाशित | 234 views


काठमाडौ । काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन गरिएको छ। महानगरका कार्यकारी प्रमुख सरोज गुरागाईँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको हो ।

उनीमाथि छानबिन गर्न ६ महिनाका लागि निलम्बनको पत्र पठाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताएका छन् ।
महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको विषयमा पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो । महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ ।

पाण्डेले बालेनलाई सहयोग गरेको कारण पूर्वाग्रही भएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईले निलम्बन गरेको हो । नियम पालनामा निश्पक्ष इमान्दार तथा जिम्मेवार कर्मचारीको रुपमा काम गर्दै आएका पाण्डेलाई बालेनको अभियानमा साथ दिएकै कारण पूर्वाग्रही भएर हटाइएको हो । बालेनलाई अहिले चौतर्फी रुपमा दल लागेर असफल बनाउने प्रयास भइरहेको छ ।

सोही अन्तरगत प्रशासकीय अधिकृत एकसय दिनसम्म बिदामा बसेर कार्यालयको काम नगर्ने, उनैले प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन यी सबै हर्कत बालेनलाई असफल बनाउन दलहरुको फौजबाट गरिएको प्रपञ्चको रुपमा स्पष्ट बुझ्न सकिने छ ।

प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा (ह्विल लक) गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा पाण्डेमाथि स्पष्टीकरण सोधिएको थियो ।

पाण्डेले यसअघि जेठ १२ गते स्पष्टीकरण बुझाएको भएपनि चित्तबुझ्दो भएन भनेर निलम्बन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web