पप्पु गुरुङ्, १८ चैत्र, कञ्चनपुर । दोधारा चाँदनीमा ंसंसदिय परियोजना अन्तर्गत एक दिने नागरिक निम्ती संबैधानिक शिक्षा अन्तरक्रिया आज सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग तथा सयुक्त संघिय बिकास कार्यक्रम धनगढी आयोजनामा आज साबिकको चाँदनी गाबिसको कार्यालयमा एक दिने नागरिक निम्ती संबैधानिक शिक्षा सम्पन्न भएको छ् । अन्तरक्रियामा नयाँ संबिधानको नागरिकको निम्ती संबिधान शिक्षाका बारे जनकारी गराईएको आयोजक संस्थाले जानकारी दिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत महेश बमको प्रमुख आतित्वमा संचालित अन्तरक्रियामा स्थानिय राजनितिककर्मी, वडा नागरिक मञ्चका पदाधिकारी, एलजिसिडिपीका प्रतिनिधी बिशन देब जोशी, युएनडिपीका बरिष्ट अनुगमन अधिकृत धन बहादुर चन्द, अनुगमन अधिकृत लक्ष्मी बिक, सामुदायिक सुरक्षा समितिका पदाधिकारीहरु लगाएत स्थानिय संघ संस्थाको बाक्लो उपस्थिती रहेको थियो । नयाँ संबिधानमा नागरिकको पहुच तथा संबिधान निमार्ण पछिको नेपालको परिवर्तनको बारे अन्तक्रियामा छलफल चलेको थियो । संबिधान निमार्ण पछिको कार्यान्वनको बारे अन्तरक्रियामा ब्यापक छलफल समेत भएको थियो । कानुन ब्यवसायी नरेन्द्र बहादुर शाहले प्रशिक्षण दिनुभएको अन्तरक्रियामा उपस्थित सहभागीले संबिधान तथा उपलब्धीको बारे प्रश्न गरेका थिए । युएनडिपीका बरिष्ट अनुगमन अधिकृत धन बहादुर चन्दले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।
16.6¡ÆC