
नुवाकोट । तादी गाँउपालिकाको कार्यालय खरानीटारले जिल्ला प्रशासन कार्यालय नुवाकोटसंगको सहकार्यमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र बनाउने तीन दिने शिविर शनिबार सम्पन्न भएको छ ।
तीनदिनसम्म पालिकाको कार्यालय खरानीटारमा सञ्चालित शिविरमा २३१ जनाले सेवा लिएको गाँउपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही र बैङ्किक कारोबार गर्नुपर्ने बाध्यतामा रहेका सेवाग्राहीलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा राष्ट्रिय परिचय पत्र बनाउनको लागी फाराम भरेका अझै करीब ६० जना रहेको त्यत्ति नै सङ्ख्याका सेवाग्राही छुट रहेकाले अर्को शनिबार पनि शिविर सञ्चालन गर्न लागिएको गाँउपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामा कार्यरत विमा कुमारी तामाङले जानकारी दिनुभयो ।
तादी गाँउपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही विशेषगरेर प्रशासन कार्यालय नुवाकोटसम्म जान नसक्ने ज्येष्ठ नागरिक, एकल महिला सहित लक्षित बर्गर योजना तथा उपभोक्ता समितिमा बसेर काम गर्दै आएका जसलाई भुक्तानीको लागी बैङ्किक कारोबार गर्नुपर्ने बाध्यतामा रहेका छन्, उनीलाई गाँउपालिकाको कार्यालयमा नै शिविर आयोजना गरेर राष्ट्रिय परिचय पत्र बनाउने सुुविधा उपलब्ध गराइएको हो ।

यसअघि गएको वर्ष शिविर सञ्चालन गरेर आवेदन संकलन गरेको भएपनि उक्त आवेदन राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागमा सूचिकृत नहुदाँ धेरै लाभग्राहीले पुनः आवेदन दिनुपर्ने बाध्यता समेत भएकाले पनि शिविर सञ्चालन गरेर सेवाग्राहीलाई परेको समस्या समाधानको लागी पहल गरिएको गाँउपालिकाको अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो ।
उहाँको अनुसार तादीको वडा नं ४ मा मात्रै गत वर्ष आवेदन बुझाएका सयभन्दा धेरैको सर्भरमा समावेश नभएको पाइएकाले अहिले पुनः आवेदन संकलनको काम भइरहेको जानकारी दिनुभयो ।

अझै पनि पालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्ती गर्नुपर्ने सोवाग्राही र बैंङ्किक कारोबार गर्नुपर्ने सयौँ नागरिकले राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेकाले अर्को शनिबार पनि शिविर सञ्चालनको लागी प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ । प्रशासन कार्यालयले बिदाको दिनमा सेवा दिने लक्ष्य अनुरुप पालिकाबाट माग भएर आएको दिनमा सेवा उपलब्ध गराउने जनाएको छ ।

20.33¡ÆC