
नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं ३ पिमलडाँडास्थित श्री पिमलडाँडा माविको विशेष कार्यक्रमका बिच आज गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले विभिन्न विधाका उत्कृष्ट ६ जना विद्यार्थीलाई जनही ५ हजार राशिको गाउँपालिका अध्यक्ष पुरस्कार प्रदान गर्नुएको छ ।

पुरस्कार प्रदान सहित उहाँले उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई सम्मान तथा पुरस्कार र गरिब तथा जेहेन्दार पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले गुणस्तरीय शिक्षाका लागि विद्यालयले गरिरहेको प्रयासको प्रशंसा गर्दै विद्यालयप्रति विगतमा आफूले जनाएका प्रतिबद्धताहरु पूरा गरिसकेको र आगामी वर्षको बजेटबाट पनि विद्यालयलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन तत्पर रहेको बताउनुभयो ।

विद्यालयभित्र मात्र नभई विद्यायलयका शिक्षक विद्यार्थीलाई आवतजावतमा कठिनाइ भइरहेको विद्यालय अगाडिको उकालो सडकमा समेत आफूले प्रतिबद्धता गरेअनुरुप ढलान निर्माण भइसकेको उहाँले स्मरण गराउनुभयो ।

18.16¡ÆC