रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा

जेष्ठ १६, २०८२ मा प्रकाशित | 166 views


काठमाडौँ । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । हिजो दिउँसोदेखि रथ तान्न शुरू गरेर साँझ जावलाखेल पुर्‍याइएको हो । रथ जावलाखेल पुर्‍याइएसँगै अब पर्सि आइतवार भोटो जात्रा मनाइनेछ ।

लगनखेलमा रहेको रथलाई जावलाखेलमा पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ ।

त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web