नागढुङ्गामा जाम, गाडी आलोपालो गरेर बिस्तारै पार हुँदै

जेष्ठ १५, २०८२ मा प्रकाशित | 264 views


काठमाडौँ । काठमाण्डौ भित्रिने मुख्य नाका नागढुङ्गामा आज पनि गाडीको जाम छ । सडक मर्मतको काम भइरहेकाले केही दिनदेखि नै जाम हुन थालेको नागढुङ्गा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले गाडी आलोपालो गरेर बिस्तारै चलिरहेका छन् । नागढुङ्गामा गएको शनिवारदेखि १५ दिनसम्मका लागि बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न थालिएको छ ।

सडक खुलेको बेला एकैपटक धेरै गाडी चल्ने भएकाले जाम हुने गरेको प्रहरीले जनाएको छ । नागढुङ्गाको विकल्पमा साना र मझौला गाडीले धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web