१९ साउन, सुनसरी ।
इटहरीको पशुपति गेष्ट हाउँसमा परिसरमा आज काठमाडौका जग्गा व्यापारी मृत भेटिएका छन् ।

पशुपति गेस्ट हाउँसको बाहिरपट्टी काठमाडौं वडा नं. १३ घर भएका ४१ बर्षीय सुरन श्रेष्ठ मृत फेला परेका हुन् ।

मंगलबार विहानदेखि होटलमा बसेका श्रेष्ठ बुधबार विहान २ बजे होटलको प्राङ्गणमा मृत भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

चार तल्लामाथिबाट हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

श्रेष्ठको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर रामचन्द्र तिवारीले बताउनुभयो ।

15.97¡ÆC