पप्पु गुरुङ्, १९ साउन / दोधारा चाँदनी । स्थानिय वासिन्दाको सहयोगमा दोधारा चाँदनीको ईलाका प्रहरी कार्यालयको २ कोठे भवनको निमार्ण अन्तिम चरणमा पुगेको छ् । युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना र स्थानिय बासिन्दाको सहयोगमा २ कोठे प्रहरी भवन बन्न थालेको हो । गाँउमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको महिला प्रहरी अभावमा भाडामा वस्नु पर्ने तथा महिला तथा बालवालिकाहरुका मुद्धाका सोधपुछ तथा गोपिनिय कुरा गर्न महिला प्रहरीलाई निकै असजिलो परेको हुदा उक्त २ कोठे प्रहरी भवन निमार्ण गर्न लागिएको प्रहरीले जनाएको छ् । स्थानिय वासिन्दाको आर्थिक सहयोग, स्थानिय र प्रहरी कर्मचारीहरुको श्रमदान तथा परियोजनाको रु. २ लाख ४ हजार गरी कुल १७ लाख ५५ हजार ६ सय ५ रुपियाँको लागतमा निमार्ण हुन लागेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । स्थानियको सहयोग विना प्रहरीले आफ्नो काम अघि बढाउन नसक्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्माले बताउनुभयो । सबैले सहयोग गरेपछि भवन निमार्ण गरिदै आएको प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्माको भनाई छ् । युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना अन्तर्गत दोधारा चाँदनीमा गठन भएको सामुदायिक सुरक्षा समितिका सचिव अमिर तिरुवा अनुसार अन्तिम निमार्ण चरणमा रहेको प्रहरीको महिला तथा बालवालिका सेलले हिंसामा परेका महिला तथा वालवालिकालाई आफ्नो मनका कुरा राख्न सहज हुने समेत सहज हुने छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा महिला तथा बालवालिका सेल नभएको हुदा पिडितहरुले खुलेर भन्न नस्कने गरेको सचिव तिरुवाको भनाई छ् । माघ देखि निमार्ण थालिएको २ कोठे प्रहरी भवन २ सातामा निमार्ण कार्य सम्पन्न हुने प्रहरीले जनाएको छ् । युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजना फेजआउट भएपनि परियोजनाले निमार्ण गरेको संरचना भने दोधारा चाँदनीमा सक्रिय छ् ।

17.75¡ÆC