विदुर नगरपालिकाको सेवा नयाँ भवनबाट सुरु

जेष्ठ १४, २०८२ मा प्रकाशित | 874 views


नुवाकोट । विदुर नगरपालिकाको प्रशासकीय सेवा प्रवाह (कामकाज) विदुर नगरपालिका–४ विदुर स्थित नयाँ भवनबाट सुरु भएको छ । नवनिर्मित नयाँ भवनको उपप्रमुख प्रभा बोगटी र प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले शुभ साइत बनाई पूजाआरधना सहित भवन प्रवेश गरेर सेवा सञ्चालनमा ल्याइएको हो ।

विनासकारी भूकम्पको कारण यसअघिको भवनमा क्षति पुगेपछि विदुर नगरपालिका–२ स्थित तत्कालीन डिभिजन सहकारी कार्यालयबाट प्राप्त भएको भवनबाट प्रवाह गर्दै आएको सेवा बुधबारदेखि सुविधासम्पन्न नयाँ भवनबाट दिन थालिएको छ । नयाँ भवन प्रवेशको अवसरमा नगरप्रमुख राजन श्रेष्ठ सहित जनप्रतिनिधिहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

नयाँ भवनको औपाचारिक रुपमा उद्घाटन भने हुन बाँकी रहेको छ । अहिले आर्थिक वषको अन्तिम समय र नयाँ आर्थिक वर्षको लागी बजेटको तयारीमा व्यस्त हुनु परेकाले केही समयपछि विशेष कार्यक्रमको साथ नयाँ भवनको उद्घाटन कार्यक्रम गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

२०७८ साल मंसिर २२ गते निर्माण थालिएको उक्त भवन कुल अनुमानित लागत १७ करोड ९ लाख ५४ हजार ६२९ रुपैयाँ रहेकोमा भवन निर्माणका लागि १० करोड ५८ लाख ६७ हजार २५६ मा रेलिगेर न्यू टेक जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web