युवा सङ्घको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

जेष्ठ १४, २०८२ मा प्रकाशित | 161 views


काठमाडौँ । पोखरामा सम्पन्न भएको नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको १०औं राष्ट्रिय महाधिवेशनबाट एमाले अध्यक्ष केपी शर्मा ओली निकट क्षितिज थेबे अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ दोस्रो पटक युवा सङ्घको अध्यक्ष बन्नुभएको हो ।

अध्यक्षमा प्रतिस्पर्धी सुमन पुरीलाई एक सय ८८ मतान्तरले हराउँदै थेबे अध्यक्षमा विजयी हुनुभयो । थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत प्राप्त गर्नुभयो । सर्वसम्मतीको प्रयास असफल भएपछि मतदानबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

पुरी यसअघि महासचिव हुनुहुन्थ्यो । महासचिवमा थेबे प्यानलका महेश चौलागाईं, उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र अरुण कुँवर, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेशी सचिवमा मोबिन अख्तर आलम विजयी हुनुभएको छ ।

अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन शुक्रवार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web