मकवानपुरमा बसको ठक्करबाट तीनको ज्यान गयो

जेष्ठ १३, २०८२ मा प्रकाशित | 230 views


काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा बसको ठक्करबाट तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

हिजो बेलुका बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ भने अरु घाइतेहरुको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web