राहदानी विधेयकमा परराष्ट्रले माग्यो सुझाव

जेष्ठ ८, २०८२ मा प्रकाशित | 239 views


काठमाडौँ । परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयकको मस्यौदामाथि सर्वसाधारणसँग सुझाव माग गरेको छ ।

मन्त्रालयले सूचना प्रकाशित गर्दै सात दिनभित्र आफ्नो सुझाव उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।

‘परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौता तयार गरेको छ । विधायन ऐन,२०८१ को दफा ६ को उपदफा २ बमोजिम उल्लिखित विध्यककोमस्यौला तथा सो विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्ने प्रभाव सर्वसाधारणको रायका लगि प्रकाशनगरिएको हुँदा संलग्न ढाँचाका आधारमा सात दिनभित्र आफ्नो राय प्रतिक्रिया उपलब्ध गराइदिनुहुन सम्पूर्ण सर्वसाधारण समक्ष अनुरोध छ,’ मन्त्रालयको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web