केही ठाउँमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

जेष्ठ ५, २०८२ मा प्रकाशित | 243 views


काठमाडौँ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पछिल्लो ६ घण्टामा कास्की, रौतहट र सप्तरीमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार ती ठाउँमा एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ । चितवन, मकवानपुर, धनुषा, पाल्पा, डोटीलगायतका ठाउँमा अहिले पनि पानी परिरहेको छ ।

आज दिउँसो पनि सबैजसो प्रदेशमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी प्रदेश र मधेश प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web