आवासीय चिकित्सकलाई तोकिएको निर्वाह भत्ता दिन शिक्षा मन्त्रालयको निर्देशन

बैशाख २३, २०८२ मा प्रकाशित | 300 views

आवासीय चिकित्सकलाई तोकिएको निर्वाह भत्ता दिन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवासीय चिकित्सकलाई तोकिएको निर्वाह भत्ता दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्मरण गराउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६औं बैठकले गरेको निर्णयअनुसार सरकारी स्वास्थ्य सेवाको आठौं तह सरह अर्थात मासिक ४८ हजार सात सय ३७ रूपैयाँ आवासीय चिकित्सकलाई तत्काल उपलब्ध गराउन मन्त्रालयले भनेको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर हाल आन्दोलनरत आवासीय चिकित्सक काममा फर्कदा कुनै पनि प्रकारले हतोत्साहित नगर्न र उनीहरूको शैक्षिक गतिविधिमा असर पर्ने कार्य नगर्न सबै विश्वविद्यालय तथा सम्बद्ध निकायहरूलाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web